सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

खबरब्रेकिंग, काठमाडौं , बैशाख २५ गते । आज तीन सय रुपैयाँले सुनको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तीन सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्‍य १ लाख १० हजार ९०० पुगेको छ।

तेजाबी सुन १ लाख १० हजार ३५० कायम भएको छ। अघिल्लो कारोबार दिन आइतबार प्रतितोला सुन १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य बढेपनि चाँदी स्थिर छ। आज चाँदी प्रतितोला १४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend