मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

तीन मन्त्रीले लिए शपथ

तीन मन्त्रीले लिए शपथ

खबरब्रेकिंग,काठमाडौं, वैशाख २१ गते। कांग्रेसका तीन मन्त्रीले शपथ लिएका छन्। बिहीवार शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या, डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रालयमा शपथ दिलाएका हुन्।

यसअघि कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा गएको थियो। कांग्रेसबाट खड्का उपप्रधानमन्त्रीसहित रक्षा, प्रवक्ता डा प्रकाशशरण महत अर्थमन्त्री, एनपी साउद परराष्ट्रमन्त्री, सीता गुरुङ सहरी विकासमन्त्री, रमेश रिजाल उद्योग मन्त्रीमा यसअघि नै नियुक्त भइसकेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend