शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

धर्म परिवर्तनको डढेलोले संस्कार र संस्कृति समाप्त हुँदैछन् : कमल थापा

धर्म परिवर्तनको डढेलोले संस्कार र संस्कृति समाप्त हुँदैछन् : कमल थापा

१८ वैशाख ,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन हिन्दु राष्ट्र र राजसंस्था हटाएसङ्गै देश अधोगतीतर्फ हिडिरहेको बताएका छन् । १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा पार्टी सम्बद्ध ट्रेड यूनियन महासंघ नेपाल(टुकोन) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले केहि सिमित पार्टीहरुले सिन्डिकेटबाट देशमा लूटतन्त्र मच्चाएको उनले आरोप लगाए । त्यस्तै , अयोग्य लडाकुहरुलाई राज्यकोषबाट रकम बाडनु भ्रस्टाचार र ब्रह्मलुट भएको उनले बताए ।

अध्यक्ष थापाले प्रदेशको संरचना देशको अर्थतन्त्र ध्वस्त पार्ने भाइरसजस्तो बनेको बताए । संघीयताको नाममा प्रदेश संरचना अब देशले धान्न नसक्ने बताए । त्यस्तै ,धर्म परिवर्तनको डढेलोमा हाम्रो संस्कार र संस्कृति समाप्त हुन थालेकोमा उनले चिन्ता व्यक्त गरेका छन। उनले श्रमजीवीका हक,हित र अधिकारका निमित्त राप्रपा नेपाल प्रतिबद्ध रहेको पनि बताए ।

समारोहमा महासंघका अध्यक्ष हिक्मत जंग भण्डारीले श्रमिकका योगदानमा आधारित सामाजिक सुरक्षा र सुविधाको सुनिश्चितता हुनुपर्नेमा जोड दिए। त्यस्तै ,संगठनका महासचिव राजाराम बर्तौलाले श्रमिकका सिप र परिश्रमले नै देशको विकास हुने भएपनि उनिहरुका हकहितमा पर्याप्त काम हुन नसकेको बताए। राप्रपा नेपालमा आवद्ध यो महासंघ श्रमजिविका पक्षमा काम गर्न प्रतिबद्ध रहेको उनले बताए ।

कार्यक्रममा संगठनमा प्रवेश गर्ने विभिन्न ब्यक्तिहरुलाई अध्यक्ष थापाले स्वागत गरेका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend