आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउँछुः नवनिर्वाचित मेयर बालेन्द्र

काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउँछुः नवनिर्वाचित मेयर बालेन्द्र

 

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउने बताएका छन् । शुक्रबार बिहान प्रतिक्रिया दिँदै उनले आफ्नो सम्पूर्ण समय महानगरको व्यवस्थापनका लागि लगाउने प्रतिबद्धता जनाए ।

उनले भने, ‘अबको ५ वर्ष मेरो क्षमता, ज्ञान र कुशलता काठमाडौंलाई पूर्ण विकसित र विश्वकै उत्कृष्ट सहर बनाउन लगाउँछु ।’

नगरवासीले दिएको मतले आफू एकदमै खुसी भएको उनले बताएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend