सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

वैशाख १६ गतेदेखि उपत्यकामा एक साता निषेधाज्ञा

वैशाख १६ गतेदेखि उपत्यकामा एक साता निषेधाज्ञा

काठमाडौं  । वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा जारी गरिएको छ ।  त्यसैगरी काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द गरिएको छ ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण नियन्त्रणको लागि भन्दै सोमवार साँझ आदेश जारी गरि यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने बताएको छ ।

तीनै जिल्लामा बिहीबारदेखि एक साता सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, भेला गर्न रोक लगाइएको छ । आदेश अनुसार सपिङ मल, सिनेमा हल, सैलुन आदि सञ्चालनमा पनि रोक लगाइएको छ ।

विवाह÷व्रतबन्धको हकमा भने स्वास्थ्य मापदण्ड पालना गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर बढीमा १५ जना सम्म सरिक हुन पाइने छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend