अर्घाखाँची १७ बैशाख ।
किसानको खेतवारिमा फलेको तरकारीलाई किसानको घरमै पुगि निशुल्क रुपमा बजारसम्म पुर्याउन कृषि एम्बुलेन्स संचालनमा आएको छ ।
समाजसेवी तथा प्याब्सन केन्द्रिय सदस्य कृष्ण भुसालको संयोजन र समाजसेवी युवराज पौडेलको सौजन्यमा सन्धिखर्क नगरपालिका भित्र उक्त एम्बुलेन्स संचालनमा आएको छ ।
लकडाउनले गर्दा कृषिकहरुले उब्जाएको तरकारीलाई बजार सम्म पुर्याउन नसकेको अवस्थामा मध्यनजर गर्दै उक्त एम्बुलेन्स संचालनमा ल्याएको संयोजक श्रीकृष्ण भुसालले बताउनु भयो ।

एम्बुलेन्सले किसानको खेतबारिमा पुगेर तरकारी बोकेर सन्धिखर्क नगरपालिका भित्रका चोक चोकमा लगेर बेच्ने गरेको छ । उपभोक्ताले एम्बुलेन्स संचालन भए पछि आ–आफ्नो घर अगाडिनै ताजा र सुलभ मुल्यमा तरकारी खान पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।
भुसालले कृषकले आफ्नोमा उब्जनी भएको तरकारिलाई बजारसम्म पुर्याउनु परेमा र उपभोक्ताहरुले तरकारी आवश्यक परेमा आफुलाई सम्पर्क गर्न समेत आग्रह गर्नु भएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend