सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एफएनसीसीआई निर्वाचन : सम्मानित निजी क्षेत्रः समृद्ध अर्थतन्त्र नारासहित राजेन्द्र संग्रौलाको मत अपिल

एफएनसीसीआई निर्वाचन : सम्मानित निजी क्षेत्रः समृद्ध अर्थतन्त्र नारासहित राजेन्द्र संग्रौलाको मत अपिल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचन २०८३ नजिकिँदै जाँदा कार्यकारिणी समिति सदस्य पदका उम्मेदवार राजेन्द्र संग्रौलाले चुनावी अभियानलाई तीव्र बनाएका छन्।

वैशाख २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै संग्रौलाले “सम्मानित निजी क्षेत्रः समृद्ध अर्थतन्त्र” भन्ने मूल नारासहित आफूलाई अमूल्य मत दिई अत्यधिक मतले विजयी गराउन उद्योगी–व्यवसायीसमक्ष हार्दिक अपिल गरेका छन्।

उनले निजी क्षेत्रको सम्मान, संरक्षण र प्रवर्द्धनमार्फत देशको समग्र अर्थतन्त्रलाई सुदृढ बनाउने आफ्नो प्रमुख लक्ष्य रहेको बताएका छन्। व्यवसायमैत्री वातावरण निर्माण, लगानी प्रोत्साहन, नीतिगत स्पष्टता र उद्यमीहरूका हकहित संरक्षणका लागि आफू प्रतिबद्ध रहने उनले उल्लेख गरेका छन्।

संग्रौलाले महासंघभित्र प्रभावकारी प्रतिनिधित्व गर्दै उद्योगी–व्यवसायीका समस्या सम्बन्धित निकायसम्म सशक्त रूपमा उठाउने तथा निजी क्षेत्र र सरकारबीच समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

निर्वाचन नजिकिँदै जाँदा विभिन्न उम्मेदवारहरू आफ्नो एजेन्डा र योजनासहित मतदातामाझ पुगिरहेका छन्। यसैक्रममा संग्रौलाले पनि समृद्ध अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रको सशक्त भूमिका आवश्यक रहेको उल्लेख गर्दै आफ्नो उम्मेदवारीलाई समर्थन गर्न आग्रह गरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend