सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

महासंघलाई वर्तमान चुनौतीबाट बाहिर निकाल्दै उद्योगी–व्यवसायीको हितमा काम गर्न सक्षम नेतृत्व आवश्यक छः घिमिरे

महासंघलाई वर्तमान चुनौतीबाट बाहिर निकाल्दै उद्योगी–व्यवसायीको हितमा काम गर्न सक्षम नेतृत्व आवश्यक छः घिमिरे

काठमाडौं । उद्योग बाणिज्य महासंघ अहिले विषम परिस्थितिबाट गुज्रिरहेको बताउँदै उद्योगी शिब प्रसाद घिमिरेले महासंघको विकास र विस्तारका लागि आफ्नो भूमिका महत्वपूर्ण हुने दाबी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले वस्तुगत संघतर्फ उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी महासंघलाई सुदृढ र प्रभावकारी बनाउने लक्ष्यसहित अघि बढाइएको उल्लेख गरेका छन्। महासंघलाई वर्तमान चुनौतीबाट बाहिर निकाल्दै उद्योगी–व्यवसायीको हितमा काम गर्न सक्षम नेतृत्व आवश्यक रहेको उनको भनाइ छ।

घिमिरेले आफू र आफ्नो समूहका १६ जना सदस्यहरूलाई अत्याधिक मतले विजयी गराउन उद्योगी व्यवसायीहरूसँग अनुरोध गरेका छन्। “महासंघको विकास र विस्तारका लागि मेरो भूमिका महत्वपूर्ण रहने विश्वासका साथ मलाई र मेरो समूहलाई अत्याधिक मतले विजयी गराउनुहुन अनुरोध गर्दछु,” उनले फेसबुक पोस्टमा उल्लेख गरेका छन्।

महासंघको नेतृत्व चयनलाई लिएर अहिले व्यवसायीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ भने उम्मेदवारहरूले आ–आफ्ना योजना र प्रतिबद्धता सार्वजनिक गर्दै मतदातालाई आकर्षित गर्ने प्रयास गरिरहेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend