सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गलकोट–१० पाण्डबखानीमा १००० सुन्तलाका बिरुवा निःशुल्क वितरणको घोषणा

गलकोट–१० पाण्डबखानीमा १००० सुन्तलाका बिरुवा निःशुल्क वितरणको घोषणा

  बाग्लुङ । मिति २०८२ चैत्र १३ गते शुक्रबार रास्वपाको एकल सरकार गठन भएको उपलक्ष्यमा “हाम्रो गाउँ बनाउने हामी आफैं हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै गण्डकी प्रदेश बाग्लुङ जिल्ला गलकोट नगरपालिका वडा नं. १० पाण्डबखानीलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित १००० सुन्तलाका बिरुवा निःशुल्क वितरण गर्ने घोषणा गरिएको छ।

रास्वपा जिल्ला कार्यसमिति सदस्य टेक पुन मगरले स्थानीय स्तरमै कृषि उत्पादन वृद्धि र आत्मनिर्भरता प्रवर्द्धन गर्ने लक्ष्यका साथ उक्त पहल अघि सारिएको जानकारी दिएका छन्। उनका अनुसार गाउँको समग्र विकास—सडक, विद्यालय, खानेपानी, कृषि, पर्यटन, हाइड्रो तथा रोजगारी—यी सबैको आधार सकारात्मक सोच, श्रम र एकता रहेको छ।

उनले “हामी जागे गाउँ जाग्छ, गाउँ जागे पालिका जाग्छ, पालिका जागे जिल्ला र अन्ततः देश नै जाग्छ” भन्ने धारणा राख्दै अरूलाई दोष दिने प्रवृत्ति त्यागेर आफैं जिम्मेवारी बहन गर्दै समृद्ध गाउँ निर्माणमा लाग्न आह्वान गरेका छन्।

यस अभियानमा सुन्तला मात्र नभई कागती, किबी तथा स्याउका बिरुवा वितरणमा समेत सहकार्य गर्न इच्छुक व्यक्तिहरूलाई सम्पर्कका लागि आह्वान गरिएको छ। इच्छुकहरूले ९८०१०६५५१८, ९८५६०६५५१८ र ९८५१०६५५१८ मा सम्पर्क गर्न सक्नेछन्। उक्त जानकारी टेक पुन मगरले खबरब्रेकिङलाई दिएका हुन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend