सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रविधि र सुशासनमार्फत जोखिम व्यवस्थापनमा जोड : प्रभु इन्स्योरेन्स अध्यक्ष मल्ल

प्रविधि र सुशासनमार्फत जोखिम व्यवस्थापनमा जोड : प्रभु इन्स्योरेन्स अध्यक्ष मल्ल

काठमाडौं । प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लले बीमा क्षेत्रमा देखिने जोखिम व्यवस्थापनलाई न्यूनिकरण गर्न कम्पनीले विशेष ध्यान दिएको बताएका छन् । कम्पनीको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले संस्थागत सुशासन र आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाइएको उल्लेख गरे ।

अध्यक्ष मल्लका अनुसार दिगो सफलता हासिल गर्न कम्पनीले अल्पकालीन तथा दीर्घकालीन रणनीतिहरू तय गरी कार्यान्वयनमा ल्याएको छ । उनले सूचना प्रविधिलाई आधुनिक बीमाको आधारशिला र ग्राहक सन्तुष्टिको प्रमुख आधारका रूपमा व्याख्या गर्दै प्रविधिको प्रभावकारी प्रयोगमार्फत छिटो र सहज सेवा प्रदान गर्ने नीति लिइएको बताए ।

उनले “प्रभुमा बीमा गरौं, निर्धक्क रहौं” भन्ने नारालाई व्यवहारमा उतार्न व्यवसाय विस्तार, मानव संशाधन विकास, कर्मचारीहरूको क्षमता अभिवृद्धि, संस्थागत सुशासन र जोखिम व्यवस्थापनमा जोड दिइएको स्पष्ट पारे । साथै, नीति तथा कार्यविधिको पूर्ण पालना र ब्रान्डिङलाई पनि प्राथमिकतामा राखिएको उनले बताए ।

कर्मचारीलाई संस्थाको मुख्य आधारशिला मान्दै कम्पनीले उनीहरूको व्यवस्थापन सुदृढ बनाएको र तालिम तथा प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी उनले दिए । व्यावसाय वृद्धिका लागि परिणाममुखी नीति अवलम्बन गर्दै अनावश्यक खर्च नियन्त्रणमा पनि निरन्तरता दिइएको उनले उल्लेख गरे ।

अध्यक्ष मल्लले चालु वर्षमा इन्डियन चेम्बर अफ कमर्सद्वारा थाइल्याण्डको बैंककमा आयोजित छैठौं संस्करणको ‘इमर्जिङ एसिया अवार्ड’मा कम्पनीले दुई विधामा अवार्ड जित्न सफल भएको जानकारी दिए ।

त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको उनले बताए । यसअन्तर्गत ८.७० प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनका लागि ०.४५७९ प्रतिशत नगद लाभांशसहित कुल १५ करोड ५७ लाख ७१ हजार ७५३ रुपैयाँ बराबर वितरण गरिने उनले जानकारी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend