काठमाडौं । बालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संयुक्त छलफल गर्नुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मा बिहीबार बसेको बैठकमा विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित छलफल भएको बताइएको छ ।
बैठकमा राष्ट्रिय प्राथमिकताका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीच सहकार्य कसरी अझ सुदृढ बनाउने भन्ने विषय पनि प्रमुख एजेन्डाका रूपमा उठाइएको छ । साथै, देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने प्रयाससमेत गरिएको जनाइएको छ ।
संघीय संरचनालाई व्यवहारमा प्रभावकारी बनाउँदै जनतामा प्रत्यक्ष लाभ पुर्याउने दिशामा यो बैठकलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend