सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

धरानमा संयुक्त ग्रील उद्योग व्यवसायी संघको ९औँ अधिवेशन सम्पन्न, उदय कुमार राई अध्यक्षमा निर्वाचित

धरानमा संयुक्त ग्रील उद्योग व्यवसायी संघको ९औँ अधिवेशन सम्पन्न, उदय कुमार राई अध्यक्षमा निर्वाचित

धरान । संयुक्त ग्रील उद्योग व्यवसायी संघ धरान को ९औँ अधिवेशन २०८२ चैत २८ गते सम्पन्न भएको छ । अधिवेशनबाट उदय कुमार राई अध्यक्षमा निर्वाचित हुँदै १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।

नवगठित कार्यसमितिमा प्रथम उपाध्यक्षमा कमल शंकर, द्वितीय उपाध्यक्षमा सुन्दर श्रेष्ठ, सचिवमा प्रेम कुमार राई, सह–सचिवमा मदन कुमार प्रधान तथा कोषाध्यक्षमा तुलाराम श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा पार्वती राई, विष्णु कुमार कार्की, हरि चौधरी, मनोज पराजुली, सुरज राई, प्रदीप विक र विवश विश्वकर्मा रहेका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल परिवारका तर्फबाट अध्यक्ष ठुलोबाबु श्रेष्ठले सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् । उनले ग्रील तथा स्टील व्यवसायलाई थप व्यवस्थित, सुरक्षित र व्यवसायीमैत्री बनाउन नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

अधिवेशनले व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायको गुणस्तर अभिवृद्धि तथा आपसी सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ । कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend