पार्टी एकताको बिषयमा बिभिन्न टिकाटिप्णी आईरहेको वेला एमाले र माओवादी केन्द्रका अध्यक्षबीच पार्टी एकता बिचमा देखिएका मतभेद एक साता भित्र टुङग्याउने सहमती भएको बताईएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० वैशाखभित्रै एकतालाई निष्कर्षमा पुर्याउने गरी सघन छलफल केन्द्रित गरेका हुन् । पार्टी स्थापना दिवस ९ वैशाखमा एकता घोषणासभा गर्ने योजना गुज्रिएपछि दुवै नेताले २० गतेभित्र अर्को मिति टुंगो लगाउने गरी सघन छलफल केन्द्रित गरेको बताइएको छ ।
एकीकृत पार्टीमा दुवै पार्टीको हिस्सेदारीसहित सबै विषय लगभग टुंगो लागेकाले पार्टी्भित्रै आन्तरिक गृहकार्य सकेर २० वैशाखमा एकता घोषणासभा मितिको निर्णय हुन सक्ने प्रचण्डनिकट स्रोतले जनाएको छ । एकता प्रक्रियालाई निष्कर्षमा पुर्यान २० वैशाखभित्रै पार्टी एकता संयोजन समिति बैठक बोलाउने दुई अध्यक्षबीच समझदारी भएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend