सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अमेरिकाले नौ हजार नेपाली फर्काउदै

अमेरिकाले नौ हजार नेपाली फर्काउदै

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस् (टीपीएस) खारेज गरी उनीहरुलाई घर फर्काउने निर्णय गरेको छ । नेपालीको टीपीएस खारेज गर्ने दस्तावेजमा बिभाग सचिव क्रिश्जेन नेल्सनले हस्ताक्षर गरेका छन् ।
यो निर्णयअनुसार अब ९ हजार नेपाली अमेरिकाबाट फर्काइने छन् । नेपालीलाई दिइएको टीपीएसको समय २४ जुन सन् २०१९ मा सकिँदैछ । त्यसपछि उनीहरुलाई देश निकाला गरिने छ । ट्रम्प प्रशासनले हालै साल्भाडोरका दुई लाख, हैटीका ५० हजार नागरिकको रेसिडेन्सी परमिट खारेज गरेको थियो ।
सचिव नेल्सनले कानुनअनुसार टिपीएस खारेज गर्नु आवश्यक रहेको बताएका छन् । नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्पको कारण देखाउँदै तीन बर्ष अगाडि अमेरिकी सरकारले अनडकुमेन्टेड अबस्थामा बसोबास गरिरहेका नेपालीहरुलाई टीपीएस सुविधा दिएको थियो । महाभूकम्पमा ज्यान गुमाएका आफन्त भेट्न नेपाल आवतजावत गर्न सहज होस् भन्ने प्रयोजनका लागि दिइएको सो स्किम अन्तर्गत झण्डै १५ हजार नेपालीले टीपीएस सुविधा लिएको भएपनि अहिले झण्डै ९ हजार मात्रै अमेरिकामा रहेको बताइन्छ । त्यसमध्ये सबैभन्दा धेरै न्यूयोर्क शहरमा छन्

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend