सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

देउवा माथि दवाबै दवाब

देउवा माथि दवाबै दवाब

Nepali Congress President Sher Bahadur Deuba arrives for the Parliament meeting at Parliament Building, Baneshwor in Kathmandu on Wednesday, 24 May, 2017. Photo: Dipesh Shrestha/Nagarik/Republica

नेपाल विद्यार्थी संघका पदाधिकारीले आफ्नो संगठनको नेतृत्व विधान विपरीत चलेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैली प्रति असन्तुष्ट्र जनाएका छन् । नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति देउवालाई भेटेर संगठनको नेतृत्वले विधान विपरीत काम गरेको भन्दै ध्यानाकर्षण गराएको हो । नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले १२औँ महाधिवेशन आउन चार महिना बाँकी रहँदा पनि नेतृत्व विधानलाई कुल्चेर महाधिवेशन गर्न आलटाल गरेकाले सभापतिको ध्यानाकर्षण गरिएको बताए । नेविसंघ नेतृत्वले विद्यार्थी हकका लागिभन्दा पनि गुट बचाउन लागेको उपाध्यक्ष अधिकारीको भनाइ छ ।
केन्द्रीय सदस्य सुशील भट्टले कम्युनिष्टहरुको भय र त्रासका विरुद्ध संगठित हुँदै लोकतन्त्रको रक्षाका लागि नेविसंघ लाग्नुपर्नेमा नलागेको अरोप लगाए ।
भेटमा सभापति देउवाले नेविसंघभित्रको समस्याका बारेमा आफू जानकार रहको बताउँदै नेविसंघको नेतृत्वसँग समन्वय गरेर विवाद समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै पार्टी भित्रै रामचन्द्र पौडेल पक्ष र कृष्णप्रसाद सिटौला पक्षले पनि देउवा बिरुध खुलेर बिरोध गदै आएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend