सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

युवा स्वरोजगार कोषले उद्यम गर्नेलाई एक करोडसम्म ऋण दिने

युवा स्वरोजगार कोषले उद्यम गर्नेलाई एक करोडसम्म ऋण दिने

युवा स्वरोजगार कोषले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्नका लागि प्रतिव्यक्ति पाँच लाख रुपैयाँसम्म ऋण प्रवाह गर्ने भएको छ । यसअघि प्रतिव्यक्ति दुई लाख रुपैयाँ दिने गरेको कोषले रु पाँच लाखसम्म ऋण प्रवाह गर्ने कोषका कार्यकारी उपाध्यक्ष डा प्रेम दंगालले बताए । कोषले युवालाई उद्यम, कृषिलगायतका स्वरोजगारमुखी व्यवसाय सञ्चालन गर्नका लागि सहुलितय दर (पाँच प्रतिशत ब्याज)मा ऋण दिने गरेको छ । पहिले दुई लाख रुपैयाँ दिँदा बिना धितो दिने गरेकामा अहिले भने पाँच लाख रुपैयाँसम्मको ऋण धितोमा दिने भएको हो । कोषले गरिबी, पिछडिएका, सीमान्तकृत, कृषक मजदूरलगायतलाई स्वरोजगार बनाउनका लागि ऋण प्रवाह गर्ने उनले बताए। विसं २०६५ मा कोषले युवालाई व्यवसाय सञ्चालन गर्नका लागि दुई लाख रुपैयाँ सहुलियत दरमा ब्याज दिने गरेको थियो ।यस्तै कोषले २० जना युवाको समूहलाई एक करोड रुपैयाँसम्म सहुलियत दरमा ऋण प्रवाह गर्ने भएको छ । एकजनालाई पाँच लाखको दरले एक करोड रुपैयाँसम्म ऋण प्रवाह गर्ने कोषका कार्यकारी उपाध्यक्ष डा दंगालले जानकारी दिए। कुनै ठाउँका युवा समूहलाई उद्यम सञ्चालन गर्नका लागि एक करोड रुपैयाँसम्म दिने उनले बताए। कोषले सहकारी र बैंकमार्फत उद्यम तथा व्यवसाय सञ्चालन गर्नका लागि ऋण प्रवाह गरिरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend