सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भारतमा बलात्कार गर्नेलाई मृत्युदण्ड,नेपालमा कुन दण्ड

भारतमा बलात्कार गर्नेलाई मृत्युदण्ड,नेपालमा कुन दण्ड

भारत सरकारले बालिका माथि बलात्कार गर्ने मानिसलाई मृत्युदण्ड दिने कानूनलाई अनुमोदन गरेको छ । हालै भारतको जम्मु काश्मिरमा एक आठ बर्षीया बालिकामाथि भएको बलात्कारको घटना र भारतमा दैनिक करिब ५० जनाको दरमा बलात्कारका घटना हुन थालेपछि सरकारले बलात्कारीलाई मृत्युदण्ड दिने कानूनलाई अनुमोदन गरेको हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले कमनवेल्थ शिखर सम्मेलनबाट फर्केलगत्तै उक्त कानूनबारे छलफल गर्न मन्त्रीपरिषद् बैठक बोलाएका थिए । उक्त बैठकबाट बलात्कारीलाई मृत्युदण्ड दिने कानूनलाई अनुमोदन गरिएको हो ।
जम्मुकाश्मिरमा एक कलिली बालिकामाथि भएको उक्त घटनाको सनन्दा गर्दै देशैभर विरोध प्रदर्शन भएपछि प्रधानमन्त्री मोदीले उक्त कानूनी प्रावधान अघि सारेका थिए । मन्त्रीपरिषद्को उक्त निर्णयलाई सरकारले विचार विमर्शका लागि भारतीय राष्ट्रपतिसमक्ष पेश गर्ने बताइएको छ । पछिल्लो निर्णयले किशोरीमाथि हुने बलात्कारको सजायलाई पनि थप कडा पारेको बताइएको छ । यस्तै नेपालमा पनि बलातकारका घटना दिन प्रतिदिन बढदो छ । नेपाल सरकारले पनि कडा कानुनी प्राबधान ल्याउन जरुरी देखिन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend