स्वदेशमा रोजगारीको अवसर नदेखी रोजगारीको खोजिमा बिदेशीने नेपालीहरुको संख्या धेरै नै छ । नेपालको राजनैतिक अन्योल र बन्द हडतालका कारण स्वदेशमा भएका उधोग धन्दा समेत निर्धकक रुपमा चलन सकेका छैन्न् । जसका कारण नया“ उधोग धन्दा खुल्ने बातावरण एकादेशको कथा जस्तै भएको छ । नेपालमा गरिखाने ठ“ाउ नभएको भन्दै यूवाशक्रि बिदेशी मुलुकमा जान बाध्यछन् । सरकार र राजनैतिक दलहरुले रोजगारी सिजर्ना गर्न भाष्ण ठोके पनि व्यवहारिक रुपमा रोजगारीको अवस्था दयनिय देखिन्छ । रोजगारीको खोजि“मा खाडी मुलुकमा मात्रै जाने नेपाली यूवायूवतीको संख्या दैनिक १२ सय देखि १५ सयको सम्म रहेको सरकारी आक“डा छ । सरकारले स्वदेशमा गरी खाने ठ“ाउ नदिए कै कारण गरी खानको लागी बिदेश जान बाध्य भएको बिदेशिने यूवायूवतीको भनाई रहेको छ । स्वदेशमा रोजगारी अवसर नभएको भन्दै धमाधम बिदेश जाने लहर चलेको बेला एक जना यूवाले भने स्वदेश मै लोभलाग्दो व्यवसाय संचालन गरी नाम, दाम र रोजगारी समेत दिएका छन् । यि हुन रौतहटमा जन्मिएका र हाल काठमाडौको बिजुलीबजारपुल स्थिीत राजकिशोर यादव मोटर साइकल वर्कसर्पका प्रोपाईटर राजकिशोर यादव । २० बर्षको उमेर भएका यादव उनको संघर्षको बिगतलाई हेर्दा अतिनै दुखदायी थियो । सामान्य मध्यम परिवारमा बाबु श्रीकमलराय यादव र आमा उर्मिला देवी यादवको कोखबाट जन्मिएका उनी साईला छोरा हुन् । राम्रो र गुणस्तरीय उच्च शिक्षा पढाउने कुन बाबु आमाको इच्छा हुदैन र । सबैका बाबु आमाले छोरो छरीलाई राम्रो स्कुलका पठाई समाजको ठुलो मान्छे बनाउने इच्छा र सपना हुने गर्छ । तर सवैको इच्छा र सपना गरिवी भएकै कारण पुरा हुन सक्दैन् । यस्तै सानै देखि पठाईमा तगडा भए पनि आफनो घरको आर्थिक स्थिीतीका कारण कक्षा ५ पढ्दा पढदै पढाई छाडि राजकिशोर यादव भारतमा रोजगारीको खोजिमा जान बाध्य भए । भारतमा केही बर्ष उनी घर बनाउने लेवर काम गरेको उनी बताउछन् । केही बर्ष भारतमा काम गरी उनको मन भारतमा काम गर्न मन अडिएन् । उनी केही सिप सिके आत्मनिर्भर बन्न सकिन्छ भन्ने लागेर १ हजार रुपैया गाडीभाडा खोजेर गा“उको एकजना दाई संग काठमाडौ आएको बताउछन् । काठमाडौको खाल्टोमा जागिर पाउनु त्यति सजिलो कहा नै थियो र । गा“उको एकजना दाइले बिना पैसा काम मात्रै सिकने गरी मोटरसाईकल वकसर्पमा काम लगाई दिईएको उनको दिमाकमा ताजै छ । उनको दैनिकी काठमाडौको खाल्टोमा बिहान उज्यालो भए देखि राती सम्म मोटरसाईकल खोल्ने र धुने काम मै बित्थ्यौ । एक त बिना पैसा काम गर्नु छ अर्को तिर काम गर्दा मालिकले काम बिगारिस भन्दै थर्काउने दुख दिने जस्ता काम दैनिक जसो भईरहन्थ्यो । तर राजकिशोर यादवलाई काम त“ सिकनु छ गरिव भएकै कारण अरुको काम नगरि सुख छैन भन्ने उनलाई लाग्थ्यो । मालिकको गा“ली र पिटाई सहेर भए पनि काम सिकन भने उनले छाडेन्न् । अर्को कुरा त“ मालिकको गाली मात्रै होईन आफु संग पैसा नभएकै कारण कति दिन काठमाडौमा भोकै सुतेको उनको मनमस्तीषकमा ताजै छ । तर उनी संघर्ष संग भागेन्न बरु उल्टै संघर्ष संग जुधे । स्वदेशमा रोजगारी नभएको भन्दै बिदेश जाने यूवाको संख्या बढेको वेला राजकिशोर आफुले लगनशिल सिप भए स्वदेशमै केही गर्न सकिन्छ भनी साहु संग १ लाख ऋण लिएर आफै आफनो नाममा राजकिशोर मोटरसाईकल वकसर्प खोले । राजधानीको मुटु बिजुलीबजार स्थिीत उनले संचालन गरेको वकसर्प २ बर्ष मात्रै भएको छ । सुरुमा चलाउन कठिनाई भए पनि अहिले उनको नाम लिएर बाईक बनाउन आउनेको संख्या दैनिक बढदो छ । राजकिशोरले मासिक घरभाडा स्टाफ खर्च कटाएर मासिक ७० हजार देखि १ लाख सम्म बचत गर्न गरेको उनी बताउछन् । साथै उनले ४ जना यूवालाई रोजगारी समेत दिइएका छन् । उनको यो मोटरसाईल वकसर्पको काम गुणस्तरीय भए रै होला राजधानी देखि बाहिरका समेत मानिसहरु बाईक बनाउन आउने गरेका छन् । नेपालमा यूवा शक्रिले स्वदेशमा भबिष्य नदेखिरहेको वेला सिप सिके स्वदेशै मग्ने आमदानी गर्न सकिन्छ भन्ने उदाहरण राजकुमार यादवले दिईएका छन् । वकसर्प खोलेको दुई बर्ष मै यती राम्रो आमदानी गर्न सफल भएका राजकिशोरले अव केही बर्षमा देशका बिभिन्न ठ“ाउमा राजकिशोर यादव मोटरसाईकल वकसर्प खोल्ने योजना समेत बनाएका छन् । रोजगारीको खोजिमा बिदेश जाने यूवाहरुलाई भरसक कामै गर्नको लागी बिदेश नजार्न उनको सुझाव छ । सानै लगानी भए पनि कुनै सिप सिकेर सामुहिक रुपमा केही व्यवसाय गरे स्वदेशमै सुन फलाउन सक्ने उनको भनाई छ । सरकारले पनि यूवाहरुको लागी सिपमुलक तालिम केन्द्र खोली सिप सिकाए स्वदेशमा रोजगारीको अवसर मिल्ने र बिदेशजाने यूरुवाहरुको चाप घटने यूवा व्यवसायी यादवको बिश्वास छ । बिदेश हानिन खोज्ने यूवाले बिदेशको मात्रै सपना नदेखी स्वदेशमै सिप सिकी राजकिशोर यादव जस्तै आत्मनिर्भर बन्ने बाटो रोज्नी की !
प्रस्तुती मुकुन्द गैरे
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend