सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रदेश नं १ को युवा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

प्रदेश नं १ को युवा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

मदनकृष्ण सिलवाल
राष्ट्रिय युवा परिषद्को अवलोकन भ्रमणको क्रममा जिल्ला युवा समिति काठमाण्डौ ललितपुर नुवाकोट र रसुवाको अध्यक्षहरुका साथै अग्रणी युवा उद्यमीहरु प्रदेश नं। १ को “युवा अनुभव आदानप्रदान कार्यक्रम”को भ्रमण सम्पन्न गरी राजधानी फर्केका छन् ।
४ वटा जिल्लाका २४ जना उद्यमी, युवा नेतृत्व र पत्रकारसहित २९ जनाको टोली त्यसतर्फ प्रस्थान गरी चैत्र २८ गते राजधानी फर्केको हो ।
कार्यक्रममा सहभागिताहरुले प्रदेश नं। १ को विराटनगर, सुनसरी, उदयपुर र धनकुटाका युवा उद्यमहरु अवलोकन गरी फर्केको जिल्ला युवा समिति काठमाण्डौका अध्यक्ष निरेश लाल सिंहले बताउनुभयो ।
युवाहरुले कम स्रोत साधनमा पनि सफल व्यवसाय संचालन गरिरहेकाले राज्यले युवा उद्यमीलाई सहयोग गर्ने कार्यक्रम संचालन गरेको खण्डमा देशभित्र ठूलो रोजगार सिर्जना हुने भ्रमणमा सहभागी नम्रता महर्जनले बताउनुभयो ।
भ्रमणको क्रममा पोल्ट्री व्यवसाय, पोल्ट्री व्यवसाय, च्याउ उद्योग, फोहर मैला संकलन तथा व्यवस्थापन केन्द्र लगायतका विभिन्न सफल व्यवसायहरु अवलोकन गरिएको अध्यक्ष निरेश लाल सिंहले बताउनुभयो।
भ्रमणको पहिलो दिन उदयपुरका त्रियुगा बोइलर कुखुरा फर्म, त्रियुगा बेकरी उद्योग र हिमालय च्याउ उद्योगमा पुगी अनुभव साटासाटा भयो भने दोस्रो दिन धनकुटाको धनकुटाका फोहर मैला संकलन तथा व्यवसाय केन्द्र, धनकुटा, कृषि अनुसन्धान परिषद्, पाख्रिवास, महालक्ष्मी खुकुरी उद्योग धनकुटा र श्री धर्मगंगा फलफुल नर्सरी पुगियो । त्यसैगरी तेस्रो दिनमा मोरङको ववियाविर्ता च्याउ ९गाई फर्म९, पाडा पालन व्यवसाय केन्द्र, न्यू एभरेष्ट माछा फर्म,एम।बी। सि। प्रोडक्शन प्रा।लि।लगायतका स्थलमा पुगी अनुभव साटासाट गरिएको थियो ।
भ्रमण टोलीमा जिल्ला युवा समिति काठमाण्डौका अध्यक्ष निरेश लाल सिंह, जिल्ला युवा समिति ललितपुरका अध्यक्ष रमेशचन्द्र घिमिरे, जिल्ला युवा समिति रसुवाका अध्यक्ष सुरेश अधिकारी र जिल्ला युवा समिति नुवाकोटका अध्यक्ष उपेन्द्र मिश्रले भ्रमणको जिल्लागत नेतृत्व गर्नुभएको थियो भने कार्यक्रमको संयोजन राष्ट्रिय युवा परिषद्का लेखा अधिकृत नरेश श्रेष्ठले गर्नुभएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend