एमाले नेता माधवकुमार नेपालले चीन सरकारसँग भएका सहमति र सम्झौता पूर्णरुपमा कार्यान्वयन हुने बताएका छन् ।नेपाल सांघाइको अपरेशन अर्गनाइजेसन (एससीओ) पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना भएको ‘क्षेत्रीय शान्ति प्रबर्धनः मानवताका लागि साझा भविष्य समुदायको संयुक्त निर्माण’ कार्यक्रममा भाग लिन चीन पुगेका नेता नेपालले चिनियाँ उच्च अधिकारीसँग छलफल गर्दै चीनसँग नेपालले गरेका सहमति र सम्झौताको कार्यान्यवन गर्ने बताएका हुन् ।‘वान बेल्ट एण्ड रोड’ मा नेपालले सम्झौता गरिसकेको उल्लेख गर्दै एमाले विदेश विभागका प्रमुखसमेत रहनुभएका नेता नेपालले यसबाट नेपालले लाभ लिने बताए । उच्च अधिकारीसँगको भेटमा नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रवीच हुन लागेको एकताले चीन खुशी भएको उनले बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले चिनियाँ राष्ट्रपतिको भ्रमणका बारेमा पनि चिनियाँ उच्च अधिकारीसँग छलफल भएको जानकारी दिएको सचिवालयले जानकारी दिएको छ ।
यस्तै नेता नेपाललाई नेपाल(चीन सम्बन्धमा अतुलनीय योगदान पु¥याएवापत त्यहाँको नर्थ वेष्ट विश्वविद्यालयले मानार्थ प्राध्यापक प्रोफेसरको उपाधिसमेत प्रदान गरेको छ । नेता नेपालले सो अवसरमा सान्सी प्रान्तको सियान विश्वविद्यालयमा रहेको नेपाल अध्ययन केन्द्रको उद्घाटनसमेत गरे ।
केन्द्रको निर्देशकमा नेपाली यूवा डा. राजीबकुमार झा रहेका छन् । नेता नेपालले त्यस भ्रमणका क्रममा सान्सी प्रान्तको सियान विश्वविद्यालयमा रहेको डा. राजीबकुमार झा रिसर्च सेन्टरको समेत अबलोकन गरेका थिए । त्यस अबसरमा उनले नेपाली यूवाल छिमेकी राष्ट्र चीनमा गरेको प्रगति र चीन सरकारले दिएको सम्मानप्रति निकै खुसी ब्यक्त गरे । पूर्वप्रधानमन्त्री नेपालका साथमा नेकपा एमालेका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा र सदस्य शिव भण्डारी सहभागी थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend