सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आजैदेखि काम भए काठमाडौंमा रेल कुद्न २० वर्ष लाग्ने

आजैदेखि काम भए काठमाडौंमा रेल कुद्न २० वर्ष लाग्ने

सम्भावना अध्ययन गरी बाँकी काम अलपत्र छ । अहिलेसम्म एउटै रेल किन्न सकिएको छैन । प्रतिघण्टा १ सय ६० किमीका दरले गुड्ने रेलको परिकल्पना गरिएको छ । जसका लागि प्रतिकिलोमिटर झन्डै एक अर्ब रुपैयाँ लाग्ने बताइदै छ । अहिले चर्चा बढी छ रेल विभागको । तर विभाग आफैंमा तन्नम छ । एकातिर बजेट अभाव, अकोतिर विशेषज्ञ इञ्जिनियर र रेल नहुनु । त्यहाँ महानिर्देशक अनन्त आचार्यदेखि प्रकाशभक्त उपाध्याय, अमन चिकार, किरण कार्की सन्तकुमार महर्जन र नवराज भट्ट इञ्जिनियरको हैसियतमा कर्यरत छन् । प्रधानमन्त्री ओलीले उपत्यकामा मेट्रो रेल गुडाउन भनेका छन् ।
तर रेल विभागका अधिकारीहरुका अनुसार यो कार्य फत्ये हुन कम्तीमा २० वर्ष कुर्नुपर्छ । त्यो पनि आजभोलिमै यससम्बन्धी काम सुचार भएको खण्डमा । ७० सलामा कोरियन कम्पनीलाई सम्भावना अध्ययन गर्ने जिम्मा दिइएको थियो । उसको रिपोर्ट अनुसार उपत्यकामा ७७ किमि रेलमार्ग बन्ने समाचार आजको जनआस्थामा छ । २५ किमी भूमिगत र ५२ किमि आकाशे । त्यसलाई पाँच भागमा वर्गीकरण गरिएको छ । उक्त सिफारिसअनुसार काम भए सातदोबाटो रत्नपार्क नारायणगोपालचोक १२ किमि, कीर्तिपुर कालिमाटी नयाँ बानेश्वर एयरपोर्ट ११ किमि र कोटेश्वर चाबहिल स्वयम्भू २९ किलोमिटर आकाशे यात्रा हुनेछ

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend