काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका नेता एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको २० औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । अधिकारीको स्मृतिमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले कार्यक्रमको आयोजना गरको छ ।
२०५१ को मध्यावधि निर्वाचनपछि नौं महिनासम्म प्रधानमन्त्री भएका अधिकारी आफ्नो गाउँ आफै बनाउँ र वृद्धभत्ता कार्यक्रमका कारण लोकप्रिय बनेका थिए ।
संसदबाट निर्वा्चित कम्युनिष्ट प्रधानमन्त्री बनेका अधिकारीको नेपालको वाम आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको थियो । अधिकारी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य समेत थिए ।
२०४६ को जनआन्दोलन ताका नेकपा माक्र्सवादीका अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा मालेसँग पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बनेका थिए । अधिकारीको २०५६ साल बैशाख १३ गते निधन भएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend