सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अब आउने बजेटमा वृद्धभत्ता बढाउने बारे प्रधानमन्त्रीको खुलासा

अब आउने बजेटमा वृद्धभत्ता बढाउने बारे प्रधानमन्त्रीको खुलासा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब आउने बजेटमा वृद्धभत्ता बढाउने तयारी भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७०औ वार्षिकोत्सवको अवसरमा राजधानीको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अघिल्लो बर्ष बजेटको अभावका कारण वृद्धभत्ता बढन नसकेको पनि स्पष्ट पारे ।

विगतमा नेपाल कम्युनिस्ट पार्टी भित्र स्वार्थका खेल भएका कारण विभाजनमा पुगेको भन्दै प्रधानमन्त्री ओलीले अहिले नेपाली काग्रेस त्यही बाटोमा गएको टिप्पणी गरे ।

कांग्रेसका धेरै नेताहरु राजतन्त्र फर्काउने सपना देखेर हिडेको देख्दा विचित्र लागेको बताए । वर्तमान सरकारले सुन तस्करीको सबै बाटाहरु बन्द गराएको दाबी गरेका छन् ।

लोकतन्त्र विरोधी शक्तिहरु, विध्वंस मच्चाउने र राष्ट्रिय एकतालाई कमजोर पार्ने तत्वलाई समाप्त पारिएको तथा पृथकतावादी माग बोकेको समुहलाई पनि मुलधारको राजनीतिमा ल्याईएको भन्दै उनले पृथकतावादी विचार नै समाप्त हुनु राज्यको लागि खुसीको कुरा भएको उनले उल्लेख गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend