बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

भूमिसम्बन्धी अनियमितता गर्ने जो भए पनि नछोड्ने गृहमन्त्रीको चेतावनी

भूमिसम्बन्धी अनियमितता गर्ने जो भए पनि नछोड्ने गृहमन्त्रीको चेतावनी

बैशाख ४
मकवानपुर । गृहमन्त्री रामबहादुर थापा बादलले भूमिसम्बन्धी अनियमितताको अन्त्य गर्नका लागि आफूहरु लागिपरेको बताएका छन् । गृहमन्त्री थापाले ‘भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो काम भनेर प्राथमिकताका साथ लागिपरेका बताए । देशको अखण्डता संगै सुरक्षा चुनौति पहिले धेरै नै भए पनि अहिले भने त्यस्तो अवस्था नरहेको उनको भनाई छ ।

देशको सुरक्षाका लागि अभियान सञ्चालन गरिएको बताए । गृहमन्त्री बादलले विप्लव समूहलाई मूलधारको राजनितीमा ल्याउने गृहकार्य भईरहेको बताए । मन्त्री थापाले देश र संविधान विरोधि गतिविधि गर्ने विप्लव समूहलाई यसअघि पनि मूलधारमा ल्याउन प्रयास भैरहेको र अब पनि प्रयास जारी राखिने बताए ।

गृह मन्त्रालयको आयोजनामा हेटौंडामा प्रदेश नम्बर ३ स्तरीय गोष्ठीको कार्यक्रमलाई बुधबार बिहान संबोधन गर्दै उनले कानुन विपरित गतिविधि गर्नका लागि कसैलाई पनि छुट नभएको उनको भनाई छ ।

गृहमन्त्री थापाले राज्यविरुद्धका गतिविधि गर्दा सिके राउतलाई पनि पक्राउ बताउदै अहिले राज्य विरुद्धका गतिविधि गरेकै कारण विप्लवका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको दाबी गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend