४ बैशाख । हामी आठौं राष्ट्रिय खेलकुदको पुर्व सन्ध्यामा छौं । नेपाली खेलकुदकै बहुप्रतिक्षित एवं प्रतिष्ठित खेलकुद महोत्सव आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन बैशाख ५ गते बेलुकी ६ बजे सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्युले गर्नुहुनेछ ।
बृहत राष्ट्रिय खेलकुद सिंगो देश जोड्ने सुवर्ण अवसर हो । पुर्व मेचीदेखि पश्चिम महाकाली, उत्तरका सेताम्मे हिमालदेखि समथर तराइका खेलाडीहरु सात प्रदेश, तीन विभागीय र एक एनआरएनए गरी ११ टिमबाट एकैपटक एकै थलोमा जमघट हुने एक महत्वपुर्ण मञ्च हो ।
बिभिन्न जातजाति र धर्मप्रति आस्था राख्ने नेपालीलाई भावना साटासाट गर्ने, आपसी भाइचारा र मित्रता प्रगाढ बनाउने सुवर्ण अवसर हो बृहत खेलकुद । खेलकुदले जात, धर्म, भाषा र सांस्कृतिक विभेद गर्दैन । तसर्थ यो देश र समाज जोड्ने सशक्त माध्यम हो ।
अन्तराष्ट्रिय मञ्चमा देश चिनाउने विधा हो । यो स्वर्णिम अवसरलाई हामी सबैले सदुपयोग गर्नुपर्ने राष्ट्रिय खेलकुद परिषदको मान्यता छ । तसर्थ यसबीचमा बन्द र हड्तालका कुनै पनि कार्यक्रम नगरिदिन हामी सबैलाई हार्दिक अपिल गर्दछौं । यदि पुर्व्निर्धा्रित कार्यक्रम भए फिर्ता लिइ आम खेलाडीको मनोभावनालाई कदर गरिदिनहुन पनि हामी अपिल गर्दछौं ।
आठौं सफल बनाउने दायित्व तपाई हामी सबैको हो ।आठौं अन्तर्गत १४ खेल उद्घाटन अघि नै सम्पन्न हुने यहा“हरुमा जानकारी गराउन चाहन्छु । बा“की २५ खेल बैशाख ५ देखि ११ गतेको अवधिमा सम्पन्न हुनेछ । यसका लागि पनि देशका बिभिन्न भुभागबाट खेलाडी आइसकेका छन, कतिपय खेलाडी आउने क्रम जारी छ ।
३७ वर्षको बृहत खेलकुदको इतिहासमा सुरुका तीन संस्करण बाहेक बृहत राष्ट्रिय खेलकुद निर्धातित २ वर्षको अवधिमा हुन सकेको छैन । यो परिस्थितिको अन्त्य गर्ने मान्यताका साथ हामीले सातौं राष्ट्रिय खेलकुदको समापन पछि आठौं खेलकुदको तयारीमा गम्भीरतापूर्वक जुटेका थियौ । आठौं राष्ट्रिय खेलकुद पूर्वाधारका हिसाबले अहिलेसम्मकै ऐतिहासिक हो भन्ने हाम्रो बुझाइ हो ।
५० मिटर लम्बाइको पौडी पोखरीमा सम्बन्धित प्रदेशमै प्रतियोगिता हुनु, उपत्यका बाहिर सिन्थेटिक ट्रयाकमा एथलेटिक्स हुनु, नेपालमै अत्याधुनिक प्यारापिट निर्माण गरिनु, प्रायजसो हरेक खेलको आफ्नै पूर्वाधारमा प्रतियोगिता हुनु, बाध्यतावश विदेशिएका खेलाडीलाई प्रतिभा देखाउने अवसर दिन पहिलोपटक एनआरएनए टिमलाई सहभागी गराउनुलगायत प्रतियोगिताका महत्वपूर्ण पक्ष हुन् ।
आठौं राष्ट्रिय खेलकुदमा ३५ खेल समावेश छन् । २ हजार ८ सय २५ पुरुष तथा २ हजार ३ सय ८६ महिला खेलाडी सहभागी छन् । आठौं राष्ट्रिय खेलकुदमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, प्राविधिकगरी करिब दश हजार जनाको प्रत्यक्ष सहभागि हुनेछन् । यी खेलाडीका लागि राष्ट्रिय टिममा छनोट हुने एउटा अवसर पनि हो ।
नेपालमै यसै बर्ष हुने दक्षिण एशियाली खेलकुद(साग)को छनोट प्रतियोगिताका रुपमा रहेको हुँदा हजारौं खेलाडीको खेल्न पाउने अधिकारलाई कहींकतैबाट अवरोध नगरिदिनहुन सबै पक्षस“ग हार्दिक अपिल गर्दछौं ।
आठौं राष्ट्रिय खेलकुदलाई भव्य र सफल बनाउनु प्रमुख दायित्व हाम्रो नै हो । सहयोगका लागि सबैलाई धन्यवाद ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend