सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रधानमन्त्री ओलीले गरे नयाँ वर्षको अवसरमा देशबासीको नाममा सम्बोधन

प्रधानमन्त्री ओलीले गरे नयाँ वर्षको अवसरमा देशबासीको नाममा सम्बोधन

PM KP Sharma Oli addresses the nation from the PM's residence in Balwatar, Kathmandu on Sunday, November 15, 2015. Photo: Skanda Gautam

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नया“ वर्ष २०७६ को अवसरमा देशबासीको नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले गएको साल बेथिति र भ्रष्टाचार विरुद्धको अभियानको वर्ष रहेको बताए ।

नया“ वर्ष २०७६ को अवसरमा देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले घरजग्गा कारोबार, नक्कली भ्याट बिल प्रकरण, संगठित तस्करीलगायतका अनुचित कामको छानबिन भइरहेको जानकारी दिए ।

उनले जालझेल गरी कब्जा गरिएका सरकारी जग्गा धमाधम फिर्ता गर्न लागिएको पनि बताए । उनले भ्रष्टाचारविरुद्धको यो लडाई चुनौतिपूर्ण रहेको पनि बताए ।

यद्यपि जुनसुकै मूल्य चुकाएर भए पनि भ्रष्टाचार उन्मूलन गरेरै छाड्ने उनले प्रतिबद्धता जनाए । प्रधानमन्त्री ओलीले भने, ‘हामीलाई थाहा छ, भ्रष्टाचार विरुद्धको लडाइँ चुनौतीपूर्ण छ र यसले लामै समय लिन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend