सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सरकारको कामको लोकप्रियता देखेर केही शक्तिहरू अत्तालिएः मन्त्री बाँस्कोटा

सरकारको कामको लोकप्रियता देखेर केही शक्तिहरू अत्तालिएः मन्त्री बाँस्कोटा

Gokul Baskota

लहान – सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले संघीयता कार्यान्वयन र कानून निर्माणमा वर्तमान सरकार सफल भएको बताउँदै मुलुक समृद्ध बनाउने सरकारको कामको लोकप्रियता देखेर केही शक्तिहरू अहिले अत्तालिएको बताएका छन् । मन्त्री बाँस्कोटाले मुलुकलाई समृद्ध बनाउन सरकारले बलियो जग हाल्ने काम गरिरहेको उनको दाबी छ ।

उनले भने, ‘ती शक्तिलाई एक त हाम्रो दुईतिहाइ भएको पचेको छैन भने अर्काेतिर सरकारले गरिरहेको राम्रो काम मन पराएको छैन । त्यसैले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी सरकारको आलोचना गरिरहेका छन् ।’
‘त्यस्ता आलोचनाप्रति सरकारले ध्यान दिएको छैन, सरकारको ध्यान केबल अहिले विकास र समृद्धिमा केन्द्रित रहेको छ,’ मन्त्री बाँस्कोटाले भने, ‘सरकार र आफ्नो पार्टीले सामाजिक रुपान्तरण र समृद्धिको योजना अघि सारेर त्यसै अनुरुप कामकारवाही अगाडि बढाएको छ ।’

उनले कुनै पनि नेपालीलाई नागरिकताबाट बञ्चित गराएर अघि बढ्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै वैज्ञानिक, पारदर्शी र वस्तुनिष्ट तरिकाबाट नागरिकता वितरण गर्ने कार्यमा सरकार प्रतिबद्ध रहेको बताए ।

कृषि र पर्यटनको विकासले मात्र समृद्ध नेपाल र सुखी नेपालीको सरकारी नारा सार्थक हुने भएकाले कृषि क्षेत्रमा देखिएको परनिर्भरता अन्त्य गर्नुपर्ने बताउँदै उनले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने गरी सरकारले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने धारणा व्यक्त गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend