सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अध्यक्षमाथि हातपात गरेको विरोधमा कांग्रेसको प्रदर्शनले विपी राजमार्ग ठप्प

अध्यक्षमाथि हातपात गरेको विरोधमा कांग्रेसको प्रदर्शनले विपी राजमार्ग ठप्प

सिन्धुली । गाउँपालिका अध्यक्षमाथि हातपात गरेको विरोधमा नेपाली कांग्रेस सिन्धुलीले विरोध प्रदर्शन गरेको छ । कांग्रेसले गरेको विरोध प्रदर्शनका कारण वीपी राजमार्गको सवारी आवागमन बिहानैदेखि अवरुद्ध बनेको छ ।

कांग्रेसले तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापामगरमाथि हातपात गर्ने विरुद्ध कारबाहीको माग गर्दै बिहानदेखि नै प्रदर्शन गरेको थियो । दोषीलाई कारवाहीको माग गर्दै कांग्रेस कार्यकर्ताहरु प्रर्दशनमा उत्रिएपछि विपी राजमार्गअन्तर्गत भिमान, शान्तिनगरचोक, खुर्कोट, नेपालथोक र जिल्लाका भित्री सडक हरिहरपुरगढी गाउँपालिकाको झनझने, दुधौली, भिमस्थान, मध्यपहाडी लोकमार्गको ग्वालटार लगायतका दर्जनौं स्थानमा सवारी आवागमन अवरुद्ध भएको छ ।

गाउँपालिका अध्यक्ष थापामगरमाथि हातपात गर्नेलाई नियन्त्रणमा लिएर विना कारवाही छाडिएको आरोप छ । अहिले नेपाली कांग्रेस सम्बद्ध नेता तथा कार्यकर्ताले शान्तिनगर चोकमा टायर बालेर सवारी आवागमन ठप्प पारेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता मधु भनिने सिद्धिबहादुर कटुवालले गाउँपालिकाका अध्यक्षलाई कार्यकक्षमै चैत २८ गते दिउँसो २ बजे हातपात गरेको आरोप लागेको छ । सडक निर्माण समिति तीनपाटन–१ बेलघारीमा अनियमतिता भएको गुनासो आएको र अनुगमनपश्चात समितिको पैसा निकासी हुने प्रक्रिया चलिरहँदा कटुवालले हातपात गरेको गाउँपालिका अध्यक्ष मगरको आरोप छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend