सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

तोकिएको स्थानमा काम गर्न नजाने कर्मचारीलाई कानुनी दायरामा ल्याईने

तोकिएको स्थानमा काम गर्न नजाने कर्मचारीलाई कानुनी दायरामा ल्याईने

काठमाडौ । पदस्थापन भएका कर्मचारीलाई तोकिएको स्थानमा गएर काम गर्न निर्देशन दि“ंदै गृह मन्त्रालयले काम गर्न नजाने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट निर्णय भई समायोजनापछि मन्त्रालयअन्तर्गत पदस्थापन भएका कर्मचारीलाई कामकाजमा खटाइसकेको भए पनि कर्मचारी सम्बन्धित कार्यालयमा हाजिर हुन नगएको भन्दै मन्त्रालयले एक सूचना जारी गरी आफनो पदीय जिम्मेवारी र कर्तव्यलाई गम्भीरतापूर्वक मनन गर्न सचेत गराएको छ ।

तोकिएको ठाउ“मा नगए प्रचलित कानूनअनुसार कारवाही भइजाने व्यहोरासमेत यसै सूचनामार्फत अवगत गराइएको छ मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखाद्वारा जारी सूचनामा उल्लेख छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend