सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल कुरियर सेवा संघद्धारा हावाहुरी पीडितलाई ५१ हजार आर्थिक सहयोग

नेपाल कुरियर सेवा संघद्धारा हावाहुरी पीडितलाई ५१ हजार आर्थिक सहयोग

काठमाडौं । वाणिज्यका सहयोगी कुरियर व्यवसायीहरूको छाता सगंठन नेपाल कुरियर सेवा सघं (कोषान) ले तराईका हावाहुरी पीडितलाई ५१ हजार १ रुपैया आर्थिक सहयोग गरेको छ । उक्त सहयोगको चेक कोषानले आयोजना गरेको नयाँ वर्ष २०७६ को शुभकामना आदान प्रदान समारोहमा नेपाल उद्योग वाणिज्य सघंका वस्तुगत तर्फका उपाध्यक्ष उमेश लाल श्रेष्ठलाई हस्तान्तरण हो ।

विपत्तिमा परेका देशका नागरिकको सहयोगार्थमा सम्पूर्ण व्यवसायी सघंले एक्यवद्धता जनाउन आग्रह गर्दे आर्थिक सहयोग तीव्र बनाउनु पर्ने श्रेष्ठले बताए । हालै तराई क्षेत्रको हावाहुरीमा परी ज्यान गुमाएका परिवारलाई सान्त्वना दिँदै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

उक्त कार्यक्रमको सभापतित्व गरिरहेका कोषान अध्यक्ष गोविन्द ढुङ्गेलले कुरियर सेवालाई छिटो, छरितो र विश्वासिलो बनाउन सघंले विभिन्न क्रियाकलाप लक्षित समय भित्र सम्पन्न गरेको जानकारी दिए । वाणिज्य सरलीकरणका साथै व्यावसायिक हकहितका लागि नवनिर्वाचित कार्यसमितिले कार्य भार सम्हालेको एक सय दिन भित्र त्रिभुवन विमान स्थलमा कुरियरका पार्सल तथा ब्यागेज छिटो जाँंचपासका लागि कुरियर डेस्क स्थापना गर्ने कोषान सफल भएको जानकारी गराइएको छ ।

यस बाहेक विभिन्न व्यवसायीक समस्या हल गर्न कोषान र नेपाल फ्रेट फरवार्डर एसोसियन बिच भएको समझदारीबाट आगामी दिनमा यो व्यवसाय थप सबल हुँदै जानेमा विश्वास लिइएको उनको दाबी छ । कुरियर कम्पनीका कर्मचारीहरूको योगदानमा आधारित सामाजिक सुरक्षा कोषको स्थापना भएको जानकारी गराइएको छ । कार्यक्रममा कुरियर व्यवसायीबाट नवीन प्रविधि प्रयोग मार्फत वाणिज्य सरलीकरणमा पु¥र्याएको योगदानका विषयमा उवामहासघंका पदाधिकारीहरूले जानकारी दिए ।

कोषानका कोषाध्यक्ष राजकुमार सामरीले सघंले सङ्कलन गर्न सदस्यता शुल्क , एअर वे बिलबाट प्राप्त हुने सेवा शुल्क त्यस्तै निर्यात कार्गोका लागि चेम्बर अफ कर्मश मार्फत उत्पत्तिको प्रमाण पत्र उपल्वध गराउँदा सङ्कलन हुने शुल्कले समेत सघं सञ्चालनमा सहयोग पुगेको बताए । आगामी दिनमा सबै कुरियर व्यवसायीका भौतिक सम्पत्तिलाई बिमाको दायरामा ल्याइने जानकारी गराइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend