बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

काठमाडौं महानगरको निजी विद्यालयलाई छात्रवृत्ति विवरण तय गर्न निर्देशन

काठमाडौं महानगरको निजी विद्यालयलाई छात्रवृत्ति विवरण तय गर्न निर्देशन

१७ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले  जेठको पहिलो सातासम्म आफ्ना मातहतका संस्थागत (निजी)विद्यालयहरूलाई छात्रवृत्तिको विवरण तय गर्न निर्देशन दिएको छ ।

महानगरको शिक्षा विभागले सूचना जारी गर्दै कक्षा १ देखि १० सम्मका जेहेन्दार, विपन्न, असहाय, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्वपीडित तथा शहीद परिवारका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्तिको व्यवस्था गर्न विद्यालयहरूलाई निर्देशन दिएको हो ।

छात्रवृत्तिको विवरण महानगरको वेबसाइट datacollection.kathmandu.gov.np मार्फत पठाउन भनिएको छ । साथै विद्यालयहरूले सूचना पाटीमा छात्रवृत्तिको सूचना टाँस गर्न र इच्छुक विद्यार्थी तथा अभिभावकलाई आवेदन दिन सक्ने व्यवस्था गर्न महानगरले भनेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend