सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते राष्ट्रपतिले प्रस्तुत गर्ने

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते राष्ट्रपतिले प्रस्तुत गर्ने

१६ वैशाख, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम यही वैशाख १९ गते ल्याउने भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले यससम्बन्धी जानकारी गराएका हुन् ।

उनका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते दिउँसो ३ बजे संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने छन्। सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपतिले प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । उक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्नेछन्।

त्यसदिनको बैठकमा सहभागी हुँदा राष्ट्रिय पोशाकमा रहनुपर्ने लगायतका प्रावधान रहेका छन् । यसबारे सभामुख घिमिरेले संसद्मा जानकारी गराएका हुन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend