बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

बद्रिनारायण धामको प्राण प्रतिष्ठा वैशाखमा हुँदै

बद्रिनारायण धामको प्राण प्रतिष्ठा वैशाखमा हुँदै

८ वैशाख , काठमाडौं । नागार्जुन नगरपालिका – ७ रामकोटमा निर्माण सम्पन्न गरिएको बद्रिनारायण धामको प्राण प्रतिष्ठा हुने भएको छ। यही वैशाख १९ गतेदेखि २७ गतेसम्मको विशेष धार्मिक अनुष्ठानसहित विधिसम्मत रूपमा प्राण प्रतिष्ठा गरिने नारायण पोखरेल प्रतिष्ठानले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

धामलाई आत्मशुद्धी र शान्तिको केन्द्र तथा धर्म ,संस्कृति र प्रकृतिको संगमयुक्त पर्यटन स्थलको रूपमा विकास गर्नेगरी काम गरेको आयोजकले जानकारी दिए।

कार्यक्रममा वाचन पण्डित दिनबन्धु पोखरेलले नेपालमा बसेर केही हुन्न, नेपाल एउटा कमजोर देश हो भन्ने भाष्यलाई हटाउनु आवश्यक रहेको बताउँदै यस हिमाली देशमा शुरु भएको योग र ध्यानको पुनर्जागरण गर्ने अभियानमा काम गरिरहेको बताए । उनले अध्यात्मले मानिसको अनन्त सम्भावनाको उजागर गर्ने र शारीरिक-मानसिक सन्तुलनमा भूमिका खेल्ने बताए ।

“हिमालमा उर्जा छ, हिमालमा साधना छ। ईश्वर कहिँ बस्छन् भने हिमालमा बस्छन् ” , पण्डित पोखरेलले भने। उनले नेपाललाई आध्यात्मिक पर्यटनको समेत केन्द्र बनाउनुपर्नेमा जोड दिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend