सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बैशाख २६ गते देखि लघु घरेलु तथा साना औद्यौगिक प्रदर्शनी मेला हुने

बैशाख २६ गते देखि लघु घरेलु तथा साना औद्यौगिक प्रदर्शनी मेला हुने

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा यही बैशाख २६ गते देखि ३० गते सम्म ३० औं राष्ट्रिय लघु घरेलु तथा साना औद्यौगिक प्रदर्शनी मेला हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी मेला बारे जानकारी गराएको हो ।

आर्थिक समृद्घिका लागि उद्योग खोलौं, औद्योगिकरणका लागि सवै जुटौ भन्ने नाराका साथ संचालन हुने मेलामा २०० लघु घरेलु तथा साना उद्योगका उत्पादनहरुको स्टल रहने नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले जानकारी दिए ।

साथै ७७ जिल्लाबाट प्रति जिल्ला कम्तीमा एक उद्यमीको सहभागिता सुनिश्चित गरिएको अध्यक्ष गिरीले बताए । मेलामा १ लाख ५० हजार जनाले अवलोकन गर्ने र ५ करोड भन्दा बढीको कारोबार रहने आयोजकले अनुमान गरेको छ ।

यस मेलामा घरेलु तथा साना उद्योग विकास समिति, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परि संघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघ, साना तथा मझौला व्यवसाय महासंघ र राष्टिय लघु उद्यमी महासंघ संग सहकार्य गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend