सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनायो

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनायो

४ वैशाख, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँ बढेपछि नयाँ रेकर्ड कायम भएको हो ।

मूल्य बढेसँगै नेपाली बजारमा बिहीबार सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन १ हजार ९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ९६० रुपैयाँ पुगेको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend