३ बैशाख,काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष कुमार घिमिरेले आफ्नो जिम्मेवारी सम्हालेका छन् ।
उनले संस्थाको सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद भट्टराई समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी जिम्मेवारी सम्हालेका हुन् ।कम्पनीका तत्कालीन सिइओ टीकानिधि लोहनीले राजीनामा दिएपछि कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई २०८२ सालको वैशाख १ गतेदेखि लागू हुनेगरी चार वर्षका लागि सिइओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
यसअघि घिमिरे गोर्खाज फाइनान्सको सिइओको जिम्मेवारीमा रहेका थिए । उनी नेपाल राष्ट्र बैंकका सेवा निवृत्त कर्मचारी समेत हुन् । लामो समयको बैंकिङ अनुभव तथा नेतृत्व क्षमताका आधारमा कम्पनीले घिमिरेलाई सिइओमा नियुक्त गरेको जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ, भने आर। टि।जि।एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend