सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मातृभूमि लघुवित्त वित्तीय संस्थाको छैठौं साधारणसभा सम्पन्न ; नयाँ संचालक समितिको निर्वाचन हुँदै

मातृभूमि लघुवित्त वित्तीय संस्थाको छैठौं साधारणसभा सम्पन्न ; नयाँ संचालक समितिको निर्वाचन हुँदै

२ वैशाख , काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा संस्थापक अध्यक्ष लोकराज शर्माको सभापतित्वमा आज काठमाडौंको बुढानिलकण्ठ-७ स्थित होटल अमुप्रस्थामा सम्पन्न भएको छ। साधारणसभाले समीक्षा आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू स्वीकृत गरेको छ।

साधारणसभाले विशेष प्रस्ताव अन्तर्गत सर्वसाधारणमा थप सार्वजनिक निष्कासन गर्ने प्रस्ताव ( ३० प्रतिशत ) पनि पारित गरेको छ।

यस मातृभूमि लघुवित्त वित्तीय संस्थाले देशका सातै प्रदेशका ६० वटा जिल्लामा २०९ शाखा कार्यालयहरु मार्फत करिब सवा दुई लाख सदस्यहरुलाई प्रत्यक्ष रूपमा लघुवित्त सेवा प्रदान गरिरहेको जनाएको छ। समीक्षा आ. व. मा चुक्ता पूँजी रु. ६२,८३,५७,३३७/- रहेको संस्थाले यस अवधिमा ८१,६१९ ऋणीहरुलाई रु. ११,३७,१५,३३,६१६/- कर्जा लगानी गरेको छ। संस्थाले आगामी रणनीतिमा पुँजीगत संरचना मजबुत बनाउँदै वित्तीय सेवा प्रवाहमा नवीनतम प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै अझ प्रभावकारी बनाउने रहेको जनाएको छ।

सभाले आगामी कार्यकालको लागि नयाँ संचालक समितिको निर्वाचन पनि सम्पन्न गर्दैछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend