सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

वाणिज्य दिवस-२०८१ को अवसरमा उत्कृष्ट संस्था र जिल्ला नगर उद्योग वाणिज्य संघहरु सम्मानित

वाणिज्य दिवस-२०८१ को अवसरमा उत्कृष्ट संस्था र जिल्ला नगर उद्योग वाणिज्य संघहरु सम्मानित

२९ चैत , काठमाडौं। नेपाल उद्योग वाणिज्य महासघंले आफ्नो ५९औं वार्षिकोत्सब तथा  उद्योग वाणिज्य दिवस-२०८१ को अवसरमा विभिन्न संस्थासहित उत्कृष्ट जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई सम्मान प्रदान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा बिहीवार ( २८ चैत ) आयोजित विशेष समारोहमा महासंघले विभिन्न विधामा सबैभन्दा बढी आयकर दाखिला गर्ने आफ्ना सदस्यहरुलाई सम्मान गरेको हो।

महासघंले गठन गरेको प्राविधिक समितिको सिफारिशका आधारमा विधागत सम्मान अन्तरगत वस्तु निर्यातको कारोबार गर्ने मध्यबाट डावर नेपाल प्रा.लि., बैंक वित्तीय संस्था र बीमाको कारोबार गर्ने मध्ये नविल बैंक लि, पर्यटन व्यवसाय गर्ने मध्ये तारागांउ रिजेन्सी होटल लिमिटेड, वस्तु व्यापारको कारोबार गर्ने मध्ये भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रा.लि., उर्जामूलक उद्योगमध्य भोटेकोशी पावर कम्पनी प्रा.लि., रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोवार गर्ने मध्ये सिटी एक्सप्रेश मनी ट्रान्सफर प्रा.लि. र विशेष उद्योगहरूमध्य वरूण वेभरेज नेपाल प्रा.लि.लाई सम्मान गरिएको हो ।

त्यस्तै , जिल्ला नगर उद्योग वाणिज्य संघ तर्फ समुहबाट पाँचथर उद्योग वाणिज्य संघ, ख समुहबाट पर्वत उद्योग वाणिज्य संघ र ग समुहबाट चितवन उवासंघ रहेका छन् ।

त्यस्तै , सस्थागत सामाजिक उत्तरदायित्वमा उल्लेखनिय भूमिका निवाह गरेवापत सिन्धुली उद्योग वाणिज्य संघलाई सम्मान गरिएको छ । साथै, वस्तुगत समूहबाट उत्कृट देखिएको नेपाल हस्तकला महासंघ र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट नेपाल–भारत उद्योग वाणिज्य संघलाई सम्मान गरिएको छ ।

यसैगरी महासंघका प्रादेशिक शाखाहरूमध्ये उत्कृष्ट देखिएको “नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश” लाइ कदरपत्रले सम्मान गरिएको छ । यसैगरी, महासंघमा २५ वर्ष सेवा अवधी पुरा गरेका निर्देशक सूर्यराज पौडेल र उपनिर्देशक विदुर चन्द्र लामिछानेलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend