सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

छुवाछूत गर्ने शिक्षिकाविरुद्ध जिल्ला प्रहरी कार्यालय प्युठानमा जाहेरी दर्ता

छुवाछूत गर्ने शिक्षिकाविरुद्ध जिल्ला प्रहरी कार्यालय प्युठानमा जाहेरी दर्ता

सलिम अन्सारी
प्युठान । जातीय आधारमा छुवाछूत गर्ने शिक्षिकाविरुद्ध जिल्ला प्रहरी कार्यालय प्युठानमा जाहेरी दर्ता भएको छ । प्युठानको मल्लरानी गाउपालिका –५ स्थित भुमि बिकास आधारभुत विद्यालय सरङकोटकी प्रधानाध्यापक यशोधा श्रेष्ठले आफैँले पढाउने दलित तीयबालबालिकाहरुलाई जातीय विभेद तथा छुवाछूत गरेको भन्दै कारबाहीको मागसहित मंगलबार उजुरी दर्ता भएको हो ।

सानो जात भएकै आधारमा अपमान गरेको तथा जातीय आधारमा विभेद गरेको भन्दै जिल्लामा गठित दलित संघर्ष समितिले प्रहरीमा मुद्दा दर्ता गराएको हो। विद्यालयककी श्रेष्ठले गएको फागुन २८ गते आफ्नो बुवाको १३औं दिनको पितृभोजका लागि ‘सालको पात टिप्न नआउनु, तिमीहरुले छोएको चल्दैन’ भनी दलित समुदायका बालबालिकालाई होच्चाएको आरोपसहित प्रहरीमा उजुरी दर्ता भएको छ ।

स्थानीय गोपिलाल सुनारले जिल्लामा गठित सयुक्त दलित संघर्ष समितिको सहयोगमा प्रहरीमा उजुरी दर्ता गराएका हुन् । श्रेष्ठलाई जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी ऐनअनुसार कारबाही गर्न माग गर्दै उजुरी दर्ता भएको प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले बताए ।

छुवाछूत एने कार्यान्वयन भइसकेको अवस्थामा विद्यालयकै प्रअ जस्तो व्यक्तिले छुवाछूत र जातीय विभोद गरेकोमा जिल्लास्थित दलित अधिकारकमीृहरुले आपत्ति जनाएका छन् । उनीहरुले विद्यालयमै यसरी जातीय विभेद गर्ने प्रअलाई हदैसम्मको कानुनी दायरमा ल्याउन माग पनि गरेका छन् ।

जातीय समता समाजका केन्द्रिय सदस्य गोपाल नेपाली, नेपाल उत्पिडीत जातीय मुक्ति समाजका जिल्ला अध्यक्ष खुमबहादुर परियार लगायतले जातीय विभेद र छुवाछूतविरुद्ध लाग्नुपर्नेमा प्रअजस्तो व्यक्तिले नै जातीय विभेद गरेकोमा आपत्ति जनाए ।

उनीहरुले राज्यले उत्पीडित दलित जाती भनेर उपेक्षित गरेकोमा आपत्ति जनाउँदै भने जिल्लामा जातीय भेदभाव तथा छुवाछूतका घटनामा स्थानीय प्रशासन गम्भीर नभएको आरोप लगाए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend