सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको दुवै प्यानलका अन्तिम चुनावी सभा सम्पन्न

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको दुवै प्यानलका अन्तिम चुनावी सभा सम्पन्न

२८ चैत्र, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन भोली २९ चैतमा हुदै छ । त्यसका लागि हिजो दुवै प्यानलले अन्तिम चुनावी सभामार्फत आ–आफ्नो पक्षमा मतदान गर्न प्रतिनिधिहरुलाई अपिल गरेका छन् । २१ सदस्यीय कार्यसमितिमा अध्यक्षसहित ७ पदाधिकारी र १० सदस्य गरी १७ पदका लागि निर्वाचन हुने छ । त्यसमा २ प्यानल र स्वतन्त्र गरी ३६ जना उम्मेदवार सार्वजनिक भएका छन् ।

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको एक पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीचको तालमेलमा संयुक्त व्यवसायी समूह बनेको छ । उक्त प्यानलको नेतृत्व संघका पूर्वमहासचिव नरेश गेलालले गर्नु भएको छ ।

त्यस्तै, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसँगको तालमेलका आधारमा बनेको प्यानलको अध्यक्षमा संघका पूर्व द्वितीय उपाध्यक्ष भुवनसिंह गुरुङ हुनुन्छ ।

बुधबार गुरुङ प्यानलले यती इभेन्ट्समा र गेलाल प्यानलले बसुन्धरा पार्टी प्यालेसमा अन्तिम चुनावी सभा गरेका थिए । चुनावी प्रतिस्पर्धामा रहेका दुवै प्यानलले आफ्नो पक्षमा जित सुनिश्चित भएको दाबी गरेका थिए ।
प्यानलबाहिर रहेर सचिवमा उम्मेदवारी दिएका व्यवसायी ईश्वर सापकोटा र प्रथम उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका अख्तर हुसेनले पनि व्यवसायीको हितमा काम गर्ने भन्दै मत मागिरहेका थिए ।

 

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend