२८ चैत , काठमाडौं । राजसंस्था पुनःस्थापन संयुक्त जनआन्दोलन समितिले बुधबार ( २७ चैत ) राजधानीमा एक “प्रतिवद्धता सभा” को आयोजना गरी सबै राष्ट्रवादी, प्रजातन्त्रवादी र राजावादीलाई साथमा लिएर आगामी २०८२ वैशाख २२ देखि राजसंस्था र हिन्दुराष्ट्र पुर्नस्थापनाको लागि सशक्त आन्दोलनमा जाने वताएको छ।
सो प्रतिवद्धता सभामा रा प्र.पा (नेपाल) का अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशर वहादुर विष्ट, रा.प्र.पा का डा. प्रकाशचन्द्र लोहनी, शिव सेना नेपाल की नेतृ गंगा चौधरी, वि.पि. काँग्रेसका कर्ण मल्ल लगायत पाँच सय बढीको उपस्थिती थियो।

सो प्रतिवद्धता सभालाई संवोधन गर्दै संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले चैत्र १५ पछाडी राजावादीको आन्दोलन समाप्त भएको भन्ने हल्ला चलाइएको कुरा साँचो नभएको, आफूहरु अहिले चुप लागेर बसेको होइन, शक्ति संचय र शक्ति साधना गरिरहेको, नेटवर्किङ र योजना वनाउने काममा व्यस्त रहेको वताए।
शक्ति साधना नगरी आन्दोलन सफल नहुने भएकाले आफूहरु आगामी २०८२ वैशाख १९ गते गोरखा स्थित गोरखनाथ मन्दिरमा भव्य पुजाआजा गर्ने, त्यसपछि काठमान्डौं आई वैशाख २२ देखि शसक्त आन्दोलन शुरु गर्ने वताए।
यसैगरी रा.प्र.पा (नेपाल) का अध्यक्ष कमल थापाले २०६३ को जस्तो प्रतिकूल समयमा राजसंस्था र हिन्दुराष्ट्र पुर्नस्थापना को मुद्दा लिएर टाउकोमा कफन वाँधेर निस्किएकाले अव झनै चुप लागेर नबस्ने वताए।
यसै गरी कार्यक्रममा वोल्दै अन्य नेताहरूले पनि राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापनाको आन्दोलनमा आफ्नो पुर्ण प्रतिवद्धता रहेको बताएका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend