सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रकोपस्थलमा महामारी फैलन नदिने मन्त्रिपरिषदको निर्णय

प्रकोपस्थलमा महामारी फैलन नदिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । बारा र पर्साका हावाहुरी प्रभावितहरुलाई यथोचित बासस्थानको व्यवस्था मिलाउन संघीय सरकारले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । हावाहुरीबाट २७ जनाको मृत्युभएको झण्डै २८ घन्टापछि आज सोमबार साँझ बालुवाटारमा बसेको संघीय सरकारको मन्त्रिपरिषद बैठकले राहत तथा उद्धारमा सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी प्रकोपस्थलमा महामारी फैलन नदिने र गृह मन्त्रालयले तथ्यांक संकलन गर्ने निर्णय गरेको छ । प्रदेश २ का गृहमन्त्री लालबाबु राउतले सोमबार बिहानै झापामा रहेका प्रधानमन्त्रीलाई टेलिफोन गरेर राष्ट्रिय शोकको घोषणा गर्न माग गरेका थिए । सोमबार बस्ने केन्द्र सरकारको बैठकले राष्ट्रिय शोक घोषणा गर्ने धेरैले आशा गरेका थिए । तर, बालुवाटारमा बसेको बैठकले राष्ट्रिय शोक घोषणा गर्ने प्रदेश सरकारको आग्रहबारे भने कुनै निर्णय गरेन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend