बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

काठमाडौं बन्यो संसारकै प्रदूषित सहर; एक्युआई खतरनाक तहमा

काठमाडौं बन्यो संसारकै प्रदूषित सहर; एक्युआई खतरनाक तहमा

२१ चैत, काठमाडौ। केही दिनदेखि काठमाडौं लगातार संसारकै प्रदूषित सहर बनेको छ । वातावरण विभागले काठमाडौंमा अत्यधिक मात्रामा प्रदूषित हावा बढेकोले घरबाहिर ननिस्किन भनेको छ। निस्किन परेमा मास्क लगाएर सुरक्षित भएर मात्रै निस्किन अनुरोध गरेको छ । साथै, प्रदूषण बढाउने कार्य नगर्न भनेको छ ।

हिजो बुधबार नै यहाँको प्रदूषित हावाले खतराको तह पार गरेको थियो । आज बिहान पनि खतरनाकको तहभन्दा माथि नै छ । आईक्यूएयरको तथ्यांक अनुसार आज बिहान काठमाडौंको औसत एयर क्वालिटी इन्डेक्स (एक्युआई) रौंभन्दा तीन गुणा मसिना धुलो धुवाँका कण प्रतिघण्टा ३७० माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ ।

१५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तह पुगेको मानिन्छ ।

आजदेखि भने खतराको तहबाट एक्युआई विस्तारै घट्दै जाने आईक्यूएयरले पूर्वानुमान गरेको छ । अत्यधिक प्रदूषित रहेको भारतको नयाँ दिल्ली र मुम्बइ जस्ता सहरमा प्रदूषण घट्न थालेकोले काठमाडौंमा पनि घट्ने अनुमान गरिएको छ । आईक्यूएयरका अनुसार आज साझसम्म धुम्म भएको काठमाडौं खुल्ने सम्भावना छ । बिहान अत्यधिक प्रदूषित भएको हावा दिउँसो २ बजेदेखि कम हुने आईक्यूएयरको पूर्वानुमान छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend