सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाली सेफ सोसाइटीले नेपाली परम्परागत खानाको प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्ने

नेपाली सेफ सोसाइटीले नेपाली परम्परागत खानाको प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्ने

१९ चैत, ललितपुर । नेपाली खानाको मौलिकताको परिचय , प्रवर्द्धन र व्यवसायीक सम्भावनाहरुको विस्तार गर्न अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीको आयोजना गरिने भएको छ। नेपाली सेफ सोसाइटीको आयोजनामा आगामी २०८२, वैशाख ६ गते काठमाडौंको भृकुटीमण्डपमा नेपाली परम्परागत खानाको ऐतिहासिक प्रदर्शनी तथा व्यापार मेलाको आयोजना गरिने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्यक्रममा नेपाली सेफ सोसाइटीका अध्यक्ष एल.बी. कौशलले नेपाली खानालाई राष्ट्रिय , अन्तर्राष्ट्रिय पहिचान दिन यो प्रदर्शनीको आयोजना गरिन लागेको जानकारी दिए। ‘ यो प्रदर्शनीमा युरोप , दक्षिण अमेरिका लगायतका ३६ वटा राष्ट्रबाट नेपाली सेफहरुको उल्लेखनीय सहभागिता हुनेछ । उद्योगी-व्यवसायी तथा खानाका परिकार र कलिनरी आर्टस् सम्बन्धि रुचि हुने सबैलाई सहभागी हुन आग्रह गर्दछौं ‘, उनले भने।

प्रदर्शनीकै सिलसिलामा नेपाली सेफ सोसाइटी नेपाल र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा आगामी वैशाख ४ गते ललितपुरको लगनखेलस्थित एकेडेमी अफ कलिनरी आर्टस् कलेजमा अन्तर-कलेज कुकिङ प्रतियोगिता समेत हुने कौशलले जानकारी दिए।

यस प्रतियोगितामा कलेज तहका विद्यार्थी सेफहरुले आफ्नो पाक-कला सीप र प्रतिभा प्रस्तुत गरि नेपाली परम्परागत खानालाई नवप्रवर्तन मार्फत विश्वव्यापी पहिचान बनाउने अवसर प्रदान गर्ने उनले बताए । प्रतियोगितामा विजेता टोलिहरुलाई नगद पुरस्कार स्वरुप प्रथमलाई एक लाख, द्वितीयलाई पचहत्तर हजार र तृतीयलाई पचास हजार प्रदान गरिने उनले जानकारी दिए।

प्रदर्शनीस्थल भृकुटीमण्डपमा  हुने यस अन्तर्राष्ट्रिय स्तरको नेपाली मौलिक र रैथाने खानाको प्रदर्शनीको लागि इच्छुक व्यक्ति र संस्थाले स्टल बुकिङ गर्न नेपाली सेफ सोसाइटीमा सम्पर्क गर्न सक्ने आयोजकले जानकारी दिएका छन्  ।

सोही अवसरमा अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको प्रथम अधिवेशन पनि सम्पन्न गरिने भएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend