काठमाडौं । प्रदेश २ सरकारले बारा र पर्सा जिल्लामा हावाहुरीको कारणबाट प्रभाबित परेकाहरुको उद्धार तथा राहतका लागि पाँच सदस्यीय ‘राहत उद्धार व्यवस्थापन समिति’ गठन गरेको छ ।
प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवको अध्यक्षतामा पाँच सदस्यीय ‘राहत उद्धार ब्यवस्थापन समिति’ गठन गरिएको हो ।
जसको सदस्यमा सामाजिक विकासमन्त्री नवलकिशोर शाह, वनमन्त्री रामनरेश राई, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, कानुन मन्त्रालयका उपसचिव अरुण झा रहेका छन् ।
प्रदेश दुई सरकारले आइतबार साँझ आएको भीषण हावाहुरीका कारण ठूलो जनधानको क्षति भएको भन्दै केन्द्र सरकारलाई राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend