बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नेपालमै विद्युतीय सवारीसाधन उत्पादन गर्ने सम्झौता

नेपालमै विद्युतीय सवारीसाधन उत्पादन गर्ने सम्झौता

काठमाडौं ।  नेपालमै  चारपांग्रे विद्युतीय सवारी साधन उत्पादन गर्न नेपाली र चिनियाँ कम्पनीबीच सम्झौता भएको छ । एक वर्षभित्र सबै किसिमका सवारी साधन उत्पादन गर्ने उद्देश्यका साथ सोमबार नेपालको कोसी एनके मोटर्स प्रा.लि. र चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिटेडबीच सोमबार (१७ बैशाख ) विराटनगरमा सम्झौता भएको हो ।

फुजियन प्रान्तमा रहेको उक्त अटोबडी कम्पनीसँग सम्झौता भएपछि अब उद्योगले एक वर्षभित्र उत्पादन थाल्ने कोसी एनके मोटर्सका अध्यक्ष टीकाराम पुरीले बताए । स्यामनका तर्फबाट प्रबन्ध निर्देशक (एमडी) सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा कोसी एनकेका म्यानेजिङ प्रबन्ध निर्देशक टीआर ढकालले यो सम्झौता विद्युतीय गाडी उत्पादनका लागि कोसेढुंगा हुने बताए ।

यो सम्झौताले अब नेपालमै चाइनिज र कोरियन प्रविधिमा आधारित चारपांग्रे विद्युतीय गाडी उत्पादन गर्ने ढोका खोलेको छ। मोरङको बुढीगंगामा १५ विघा क्षेत्रफलमा सञ्चालनको तयारी गरिएको कम्पनीमा सुरुवाती चरणमा तीन अर्ब रुपैयाँको लागत रहने अध्यक्ष पुरीले जानकारी दिए । “नेपाली परिवेश र आवश्यकता अनुसार हरेक महिना ७५० गाडी उत्पादन गर्ने लक्ष्य छ,” उनले भने, “सबै किसिमका गाडी उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढ्नेछ ।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend