बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

पिपुल्स पावर लिमिटेडले १:०.५ हकप्रद शेयर निष्कासन गर्ने

पिपुल्स पावर लिमिटेडले १:०.५ हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । पिपुल्स पावर लिमिटेडले कम्पनीको हाल कायम चुक्ता पूँजिको आधारमा १:०५ दरले हकप्रद शेयर निष्कासन गर्ने भएको छ। सोमबार सम्पन्न कम्पनीको साधारणसभाबाट उक्त प्रस्ताव पारित भएको हो ।

साधारणसभाबाट कम्पनीमा नयाँ संचालक समितिको पनि निर्वाचन सम्पन्न गरेको छ। संस्थापक समुहबाट टंकराज अर्याल , श्रीकृष्ण अर्याल , आरती अधिकारी र उद्वव भट्ट चयन भएका छन् । त्यस्तै , सर्वसाधारण समुहबाट रामकाजी श्रेष्ठ र उपेन पराजुली चयन भएका छन् । टंकराज अर्यालले कम्पनीको अध्यक्षको कार्यभार लिने जानकारी दिइएको छ।

साधारणसभाले संचालक समितिको आ. व. २०७८/०७९ र २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। त्यस्तै , समीक्षा आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसंग सम्वद्ध अनुसूचीहरु लगायत पनि सभाबाट पारित भए।

यस कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिकास्थित पुवा खोलामा ४.९६ मेगावाटको जलविद्युत आयोजना सम्पन्न गरि मिति २०७८ सालको मंसिर महिनाबाट व्यवसायीक उत्पादन गर्दै आएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend