बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

प्रधानमन्त्री दाहालले गरे लगानी सम्मेलनको समुद्घाटन; ५५ देशका लगानीकर्ता नेपालमा

प्रधानमन्त्री दाहालले गरे लगानी सम्मेलनको समुद्घाटन; ५५ देशका लगानीकर्ता नेपालमा

nufgL ;Dd]ng pb3f6g?sf7df8f}F, !^ j}zfvM ?k|wfgdGqL k'iksdn bfxfn ???k|r08?? sf7df8f}Fdf cfOtaf/ b'O{ lbj;Lo t];|f] nufgL ;Dd]ng pb3f6g ub}{ . tl:a/M k|bLk/fh jGt??/f;;?

१६ बैशाख , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो लगानी सम्मेलनको समुद्घाटन गरेका छन् । लगानी सम्मेलनमा ५५ देशबाट लगानीकर्ता नेपाल आएका छन्।

सम्मेलनमा सरकारले करिब ९ खर्ब लागत बराबरका एक सय ५१ परियोजना लगानी सम्मेलनमा सोकेस गरेको छ।

सम्मेलनमा प्रधानमन्त्री दाहालले नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै  नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको  उल्लेख गरे। लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले  हालै मात्र व्यवसाय र लगानीसम्बन्धी विभिन्न आठ कानून परिमार्जन गरेको जानकारी गराए । उनले भने, “मलाई विश्वास छ, यसले नेपालमा लगानी गर्ने लगानीकर्ताको आत्मविश्वास बढाउँछ ।”

सम्मेलनमा लगानीकर्ताहरूको स्वागत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल लगानीको लागि उत्कृष्ट गन्तव्य भएको बताए।

 ‘इमर्जिङ नेपाल लगानी सम्मेलन २०२४’ नाम दिइएको सम्मेलन  यसअघिका दुई वटा सम्मेलनको निरन्तरताकै रूपमा आयोजना गर्न लागिएको हो।

सम्मेलनको दुई दिनको अवधिभर नेपालले लगानी भित्र्याउन चाहेका परियोजनाका विषयमा विदेशी र स्वदेशी लगानीकर्तालाई जानकारी गराउने कार्यक्रम राखिएको छ । सोकेसका रूपमा रहने त्यस्ता परियोजनाको प्रदर्शनीबाहेक सम्मेलनभर विभिन्न १० वटा विषयगत छलफल सत्र, नेपालमा लगानीको सम्भावना, विदेशी लगानीकर्ताको अनुभव र सार्वजनिक निजी साझेदारीका विषयमा समेत छुट्टै बृहत् छलफलको कार्यक्रम राखिएको छ ।

त्यस्तै तोकिएका निश्चित लगानीकर्ताको समूहलाई सोझै प्रधानमन्त्रीलाई भेट्न सक्ने र आफ्ना योजना सार्वजनिक गर्न सक्ने कार्यक्रम पनि सोही क्रममा राखिएको छ । यसबाहेक दुई दर्जन जति बिटुबी (व्यवसायी व्यवसायीबिच सोझै हुने छलफल) पनि सो क्रममा हुने छ । सम्मेलनकै क्रममा लगानी टुङ्गिएका परियोजनामा सम्झौतासमेत हुने छ । सम्मेलन अवधिभर भएका सम्झौता र उपलब्धिको विवरण सार्वजनिक गर्दै सोमबार समापन गर्ने कार्यक्रम राखिएको छ ।

सम्मेलनको सचिवालयका रूपमा काम गरिरहेको लगानी बोर्डको कार्यालयका प्रवक्ता प्रद्युम्न उपाध्यायका अनुसार सम्मेलनका लागि तय गरिएका विषयगत सत्र र छलफल सत्रका लागि ५० जनाभन्दा बढी वक्ता टुङ्गो लागेका छन् । सम्मेलनमा सहभागिताका लागि कार्यालयका तर्फबाट दुई हजार चार सय जनाभन्दा बढीलाई निम्तो पठाइएकोमा एक हजार सात सय जनाभन्दा बढीले सहभागिता जनाउने सुनिश्चित भइसकेको उनले बताए ।

 सम्मेलनमा  चीनबाट २६५ जना सहभागी आउने टुङ्गो लागिसकेको प्रवक्ता उपाध्यायले जानकारी दिए । त्यस्तै भारतबाट १४३ जना, संयुक्त राज्य अमेरिकाबाट ३३ जना, जापानबाट २८ जना, बेलायतबाट १४ र बङ्गलादेश तथा संयुक्त अरब इमिरेट्सबाट १३/१३ जनाले सहभागिता जनाउने छन् । १२ जनाभन्दा कम सहभागी हुने देशहरूमा जर्मनी, दक्षिण कोरियो, अस्ट्रेलिया, मलेसिया, पाकिस्तान, सिङ्गापुर, कतार, घाना रहेका छन् ।

यसबाहेक सम्मेलनमा साउदी अरब, फ्रान्स, बहराइन, स्विट्जरल्यान्ड, फिनल्यान्ड, रसिया, अस्ट्रिया, श्रीलङ्का, कोलम्बिया, फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियमबाट पनि लगानीकर्ता सम्मेलनमा सहभागी हुने छन् । इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड्स, पोल्यान्ड, इन्डोनेसिया, ताजिकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको, साइप्रस, आयरलाइन्ड, स्लोभेनिया, भियतनाम, बोस्निया एन्ड हर्जगोभिना, मोरक्को, टर्की, भानुआतु, मौरिटानिया र हङकङबाट पनि एक एक जना लगानीकर्ता आउने सुनिश्चित भएको बोर्डले जनाएको छ ।

लगानी सम्मेलनका लागि बोर्डले १५० वटा परियोजना सोकेसमा राखेको छ । जसमध्ये जलविद्युत्, पर्यटन, उत्पादन, सूचना प्रविधिसँग सम्बन्धित परियोजना सबैभन्दा धेरै छन् । सोकेसमा राखिएका परियोजनामध्ये २२ वटामा यथार्थमै लगानी भित्रिन सक्ने सरकारको अपेक्षा छ ।

बोर्डका अनुसार पोखरा अन्तर्राष्ट्रिय सभा केन्द्र, दैजी औद्योगिक क्षेत्र, बबरमहलमा प्रशासनिक प्लाजा निर्माण, उच्चस्तरीय रिसोर्ट, महादेव खोला जलाशय निर्माण, १० मेगावाटको कर्णाली चिसापानी वायु ऊर्जा, परियोजना, चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन द्रुतमार्ग, धुलिखेल मेडिसिटी परियोजना, सुदूरपश्चिम सार्वजनिक यातायात परियोजनालगायतका परियोजनाका लागि आशयपत्र माग गरिएको छ ।

सम्मेलनमा निजी क्षेत्रबाट पनि तीन दर्जनभन्दा परियोजना सोकेसका लागि प्रस्तुत गरिएका छन् । यसबाहेक परियोजना विकास सम्झौता भएका, स्थानीय स्तरबाट प्रस्तावित, परिकल्पनाकै चरणमा रहेका परियोजना पनि सम्मेलनमा सोकेसका रूपमा प्रस्तुत हुँदै छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend