सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

आज देखि तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरु

आज देखि तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरु

१६ बैशाख, काठमाडौं । आज देखि तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरु भएको छ । अर्थमन्त्री वर्षमान पुनले दुई दिनसम्म चल्ने यो सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको बताए । उनले यस सम्मेलनमा विभिन्न चरणमा रहेका धेरै परियोजनाहरु शोकेसमा राखिएको बताए ।

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सम्मेलनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा सहभागीलाई स्वागत गर्दै अर्थमन्त्री पुनले नेपाल लगानीका लागि उपयुक्त मुलुक रहेको उल्लेख गरे । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनमा सहभागी भएका छन् । सम्मेलनमा नेपालका तीन सय ८५ जना सहभागि भएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend