सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

नेपाली बजारमा सुनको मूल्य तोलामा १४ सयले बढ्यो

नेपाली बजारमा सुनको मूल्य तोलामा १४ सयले बढ्यो

१४ बैशाख, काठमाडौं । सुनचाँदीको मूल्य नेपाली बजारमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार शुक्रबार सुन तोलामा एक हजार ४०० रुपैयाँले बढेको हो ।

शुक्रबार छापावाल सुन तोलामा एक लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार तेजाबी सुन तोलामा एक लाख ३६ हजार ५५० रुपैयाँ कारोबार भइरहेको छ । यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । यस दिन चाँदी तोलामा एक हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend